नेपाल खेलकुद महासंघले खेल नीति सम्मेलन गर्दै : अध्यक्ष ओलीले उद्घाटन गर्नु हुने

काठमाडौं ! नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघले यहि मंसिर ५ र ६ गते काठमाडौंमा खेल नीति सम्मेलन आयोजना गर्ने भएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकोसले सम्मेलनमा समावेश गरिने विषयका जानकारी दिएको छ । उक्त सम्मेलनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ ।
नेकोसका अध्यक्ष रमेश पौडेलले खेलकुदमा देखिएको नीतिगत अन्यौलता र समस्यालाई दिशानिर्देश गर्न सम्मेलनको आयोजना गर्न लागिएको बताउनु भएको छ । ‘राजनीतिक संगठन भएका हिसाबले हामीले नीतिगत रुपमै काम गर्नुपर्छ । वर्तमान खेलकुदमा देखिएका अन्यौलता र समस्यालाई सम्मेलनले हल गर्ने विश्वास छ ।’ उहाँले भन्नुभयो ।

सम्मेलनमा खेलाडी, संघका पदाधिकारी, राखेप र प्रखेपका पदाधिकारी, विश्व विद्यालयका अफिसियल, खेल बिज्ञ, नीति क्षेत्र, पत्रकार, जिल्ला, नगर, खेलकुद समितिका पदाधिकारी, पूर्व खेलकुद मन्त्री तथा सदस्य सचिव, विभिन्न राजनीतिक दलका खेलकुद संगठनका पदाधिकारी र नेकोसको विभिन्न तहमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यको सहभागीता रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *