नाडाल बने इन्डियन वेल्स टेनिसको फाइनलिस्ट

एजेन्सी ! राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् । स्पेनिस खेलाडी नाडालले आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई हराउँदै उपाधि नजिक पुगेका हुन् ।

नाडालले कार्लोसमाथि ६–४,४–६ र ६–३ को सेटमा जित निकाले । ३४ नाडाल कीर्तिमानी २१ औं पटकको ग्रान्डस्लाम विजेता हुन् । नाडालले सन् २०२२ मा हार व्यहोरेका छैनन् । उनको यो लगातार २० औं जित हो । नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जको सामना गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *