गीतकार रीमा श्रेष्ठको नयाँ गीत “अधुरो सपना-२” सार्वजनिक

काठमाडौ ! गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ अत्याधिक सफलता पछी  “अधुरो सपना-२”  बोलको गीतको भिडियो रिलिज गरिएको छ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ । अम्बर तुम्बापो सुब्बाको संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको “अधुरो सपना-२” बोलको गीतको भिडियो देख्न सकिन्छ ।

यस गीतको निर्माता कुशल गुरुङ हुन् । दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाखरिनले गरेका हुन् । उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन बिकाश दाहालले गरेका हुन् । हेर्नुहोस् यो मर्मस्पर्शी गीतको भिडियो

412418347_1085693519236104_5129808323999767408_n.jpg