गीतकार शान्तिराम भट्टराईको आधुनिक गीत ‘ऐँसेलुको बोट छेउ…! सार्वजनिक

काठमाडौं ! गीतकार शान्तिराम भट्टराईद्वारा रचित आधुनिक गीत  ‘ऐँसेलुको बोट छेउ…!’ सार्वजनिक भएको छ । उक्त गीत
भट्टराईको आफ्नै अफिसियल युट्युव च्यानल ‘आमा पवित्रा इन्टरटेन्मेन्ट’बाट सार्वजनिक गरिएको हो ।

चर्चित गायक निशान भट्टराईको सुमधुर आवाजमा सजिएको यस गीतमा शक्ति वल्लभको संगीत रहेको छ भने मनोहर सुनामले यस गीतको संगीत संयोजन गरेका हुन् ।

यस गीतको रेकर्डिङ रमिक्सिङ दिनेश राजवाहकले गरेका हुन्  भने गीत द पिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो साथै, यस गीतको लिरिकल भिडियोमा सम्पादन ओमप्रकाश अवस्थी ईश्वरको रहेको छ ।

केही समय यता भट्टराईका आधुनिक लगायत राष्ट्रभक्ती गीतहरु निरन्तर सार्वजनिक भैरहेका छन् भने ती सबै गीतहरुले दर्शक श्रोताहरुको मन जितेको प्रतिक्रिया सामाजिक संजाल र युट्युबहरुमा देख्न सकिन्छ। उनका केही गीतहरुले अवार्डहरुपनि हातपार्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *