गीतकार शान्तिराम भट्टराईको “पिपलको शीतल छायाँले” नामक गीत सार्वजनिक

काठमाडौं ! गीतकार शान्तिराम भट्टराईद्वारा रचित आधुनिक गीत “पिपलको शीतल छायाँले” विमोचन गरिएको छ। एक कार्यक्रमका बिच शुक्रबार उक्त गीत विमोचित गरिएको हो। उक्त गीतका रचनाकार शान्तिराम भट्टराईका साथै गीतमा सङ्गीत सङ्गीतकार शक्ति बल्लभले दिएका छन् ।

यसैगरी गीतमा स्वर गायक रुपक डोटेलले दिएका छन भने गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन् । यस गीतको रेकर्डिस्ट भोला पोखरेल रहेका छन् । गीतकार भट्टराईको गीतमा भिडियो सम्पादन भने ओम प्रकाश अवस्थी (इश्वर)ले गरेका छन् भने उक्त गीत Ama Pabitra युट्युब च्यानलमा विमोचन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *