गीतकार शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक

काठमाडौं ! सफल गीतकार शान्तिराम भट्टराईको शब्द रचनामा ‘चन्द्र सूूर्य राष्ट्रिय गीत’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। देशप्रतिको माया र सद्भावलाई उजागर गरेको यस गीत ‘आमा पवित्रा इन्टरटेनमेन्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा विपिन आर्चायको संगित, ऐरेन्ज र रेकर्डिङ रहेको छ । गीतमा नयाँ पुस्ताहरुलाई देशको स्वाभिमान माया, एकता तथा गोर्खाली बिरताको बारे प्रस्तुत गरिएको छ । देशप्रेमको भावनाले ओतप्रोत भएको गीतमा सुमित खड्का र प्राश्ना शाक्यको स्वर रहेको छ ।

यस राष्ट्रिय गीतको रेकर्डिङ कार्य एमबि म्युजिक सामाखुशी, काठमाडौंमा सम्पन्न भएको हो । उक्त गीतको दृश्य निर्माण लाल्टिन पिक्चर्स नयाँ बानेश्वरले गरेको हो भने सम्पादन ओम प्रकाश अवस्थीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *