हेमन्ता भट्टराईको तीज गीत ‘ मामा घर ’ सार्वजनिक

धनगढी!  महिलाहरुको महान पर्व तीज को गित बजारमा आएको छ । गायीका हेमन्ता भट्टराईले तीज गीत ‘मामा घर ’को भिडियो सार्वजनिक गरेकि छिन् । बुधबार धनगढी को साहित्य समाजमा आदि कवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती २०८९ विशेष कार्यक्रममा उनले तीज गीत ‘मामा घर ’को भिडियो सार्वजनिक गरेकि हुन्।

मौलिक तथा पारिवारिक कथामा समेटिएको गीत ‘‘मामा घर ’मा हेमन्ता भट्टराई ,बाल गायक सुप्रीम मल्ल ठकुरी र प्रीयंका शर्माको आवाज रहेको छ। गीतमा शब्द ,संगीत हेमन्ता भटराईकै रहेको छ ।यो विशुद्ध मनोरञ्जन तथा मौलिक सस्कार झल्किने गरि गीत तयार गरिएको छ। गीतमा विवाह गरेर गइकी दिदी र बहिनी बीचको कथा ब्यक्त गरेको छ ।कला सस्कृति ,र मौलिक सस्कार झल्किने गरि गीत तथा भिडियो निर्माण गरिएको छ । गीतको म्युजिक भिडियोमा कल्पना ढुंगाना ,झरना बोहरा ,अनु खड्का, कविता खड्का, कोपिला सिंह ,प्रियंका कुँवर ,पुष्प बडैला र लक्ष्मी आशिक लगायतको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ। उक्त म्युजिक भिडियो धनगढी आसपासमै छायांकन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *