गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूमा समर्पित गीत सार्वजनिक

काठमाडौं । अँध्यारोबाट उज्यालो तर्फ डोर्‍याउने जीवनका मार्गदर्शक गुरुहरूमा समर्पित गीत ‘गुरु तिमी हाम्रा मार्गदर्शक…’ सार्वजनिक भएको छ ।
गुरुपूर्णिमाको अवसरमा भक्तपुरको कौशलटारमा रहेको आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेर आज सार्वजनिक गरेको हो ।
गीतमा संजय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भुपेन्द्र रायमाझीको संगीत र बिक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ ।
आदर्श जनप्रेमीका प्रधानाध्यापक निलेश आचार्यले जीवनका मार्गदर्शक सम्पूर्ण गुरुहरूको सम्मानमा गीत निर्माण गरिएको बताए ।
गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणाली तर्फ उन्मुख हुन पनि उत्प्रेरित गरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।
गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *