गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ विमोचित

काठमाडौं ! गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ को आज विमोचन सम्पन्न भएको छ।

आज प्रजातन्त्र दिवसको दिन पारेर उहाँले आफ्नो
सांगीतिक एल्बमको विमोचन गर्नुभएको हो। प्रमुख अतिथि गीतकार संघका पूर्व अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभद्वारा एल्बमको विमोचन गर्नुभएको छ।

उक्त एल्बममा गीतकार शान्तिराम भट्टराईका साथै संगीतकार शक्ति बल्लभ रहनुभएको छ भने गायक-गायिकाहरुमा शिशिर योगी, प्राश्ना शाक्य,सुमित खड्का, रुपक डोटेल,निशान भट्टराई आदिको सुमधुर आवाज रहेको छ ।

रेडियो कान्तिपुरको सेलिब्रेटी आवर कार्यक्रमबाट उक्त सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ विमोचित गरिएको हो ।

उक्त एल्बममा पाँच वटा सुमधुर गीतहरु समावेश गरिएको छ। भाग्य लेख्ने मसी,एसेलुको बोट,आज मलाई यहि माटोमा,अनायासै मेरा हात र पिपलको शितल छायाले गरि पाँच वटा सांगीतिक कोसेलीहरु रहेका छन् ।                                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *