कैलाली! श्रीपुर खानेपानी तथा सरसफाइ समितिको अध्यक्षमा एमाले नेता खडक सिंह ओली निर्वाचित हुनु भएको छ। आज भएको निर्वाचनमा उहाँले काङ्ग्रेस नेता मान बहादुर खातिलाई पराजित गर्नु भएको हो। बिजेता खडक ओलीको ३४३ मत र परातिज खातिको ३४१ मत रहेको छ। ओली जम्मा २ मतले विजयी हुनु भएको हो।
उक्त निर्वाचनमा मतदाताहरु गोदावरी नगरपालीका कैलाली अन्तरगत वडा न. ६ र ७ का उपभोक्ता सदस्यहरु रहेका थिए।