स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकाले गर्नुभयो पदभार ग्रहण

काठमाडौं ! युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकाले आज पुनः आफ्नो कार्यभार सम्हाल्नु भएको छ। सरकारले राजनैतिक पुर्वाग्रह राखी उहालाई पदबाट बर्खास्त गरेको थियो। बिना कारण बर्खास्तिमा परेपछी उहाँले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनु परेको थियो।सोही अनुरुप सर्वोच्चले हिजो सरकारका विरुद्द फैसला सुनाई उहाँलाई कामकाजमा फर्किन आदेश दिएको थियो।

आज कार्यभार सम्हाल्दै उहाँले कोषको स्रोत र साधनले भ्याएसम्म बेरोजगार युवालाई उद्यमी बनाउने बताउनु भयो । उपाध्यक्ष रोकाले सरकारले राजनीतिक पूर्वाग्रह राखेर हटाएरको भए पनि सर्वोच्च अदालतले न्याए दिएको बताउनु भयो । उहाँले वेरोजगार युवालाई स्वरोजगार बनाउने काम देखि त्रसिएर आफूलाई हटाएको बताउनु भयो । उपाध्यक्ष रोक्काले भन्नुभयो, ‘केपी शर्मा ओली सरकारले कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेपछि धेरै काम भएका थिए । हाम्रो सामर्थ्यले भ्यायसम्म काम गरिरहेका थियौ तर सरकारले पुर्वाग्रह राखेर आफुलाई हटाएको जिकिर गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *