कैलालीको गोदावरी नगरपालिका वार्ड न. ६ मा सहारा युवा क्लब गठन : अध्यक्षमा राजेश चौधरी (फोटो सहित)

काठमाडौं ! कैलालीको गोदावरी नगरपालिका वार्ड न. ६ मा आज भएको बृहत् भेलाबाट साहारा युबा क्लब कार्य समिती गठन भएको छ।

वडामा सामाजिक कार्य गर्ने हेतुले गठित उक्त समितीको अध्यक्षमा राजेश चौधरी चुनिनु भएको छ साथै उहाँको नेतृत्वमा ९ सदस्यीय कार्य समितीपनि बनेको छ। समितिको उपाध्यक्षमा मनिसा रावल,कोषाध्यक्षमा दुर्गा ऐर तथा सचिवमा उपेन्द्र ऐर लगायत रहनुभएको छ।

उक्त कायक्रममा अथितिका रुपमा समाजसेवी तथा युवा नेता सन्तोष सिंह तथा वडा जनप्रतिनिधि पार्वती रावल रहनुभएको थियो।

कार्यक्रमका अतिथी सन्तोश सिंहले अब युवाहरु हरेक क्षेत्रमा अगाडी बढेमात्र केन्द्र,प्रदेश र स्थानिय तह बलियो हुने बताउनु भयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *