काठमाडौं ! भारतीय दूतावासले दुर्गा-दशरथ स्मृति प्रतिष्ठानलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । दूतावासको नियमित कार्यक्रम अनुसार आइतबार एम्बुलेन्स उपहार स्वरुप प्रतिष्ठानलाई प्रदान गरेको हो । उक्त एम्बुलेन्स भारतीय राजदुतले प्रतिष्ठानका संरक्षक गोकर्ण भट्टलाई हस्तान्तरण गरेका हुन्।
दुर्गा- दशरथ स्मृति प्रतिष्ठान नेकपा एमालेका सचिव लेखराज भट्ट र एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टका स्वर्गीय माता-पिताको नाममा खोलिएको प्रतिष्ठान हो ।प्रतिष्ठानको कार्यालय पनि अत्तरिया कैलालीमा नै रहेको छ । उक्त एम्बुलेन्सलाई प्रतिष्ठानको मातहत मा राखेर यहाँका नागरिकको उपचारमा सहज गराउने उदेश्य राखिने संरक्षण भट्टले जनाउनु भयो।