गायिका इन्दिरा जोशी प्रेमी शरद केडियासँग विवाह बन्धनमा

काठमाडौं : गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन्।

परिवार र आफन्तको उपस्थितिमा आज मंगलबार चितवनको एक पार्टी प्यालेसमा इन्दिरा र शरदले लामो प्रेम सम्बन्धलाई विहेमा परिणत गरेका हुन्।

इन्दिराका पति शरद फेसन डिजाइनर हुन्। शरदले इन्दिरालाई हेलिकोप्टरबाट नाम्चे लगेर विहेको प्रस्ताव गरेका थिए।

गायिका इन्दिरा जोशी एक रियालिटी सो मार्फत साङ्गितिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *