काठमाडाैं । सर्वोच्च अदालतमा कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि पठाएको हो ।
न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासको रायमा फरक मत आएपछि उक्त विवादलाई बृहत् पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।
समायोजन संविधान र कानूनअनुसार नभएको उल्लेख गर्दै ९९ वटा रिट निवेदन सर्वोच्च अदालत परेको थियो । उक्त निवेदनमाथि सुनुवाइपछि बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।