समाजसेवी अशोक मल्लद्रारा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

कैलाली! समाजसेवी अशोक मल्लद्रारा गोदावरी नगरपालिका स्थित बुढितोला स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नुभएको छ ।

अक्सिजनको अभावमा कसैको ज्यान नगुमोस भन्ने हेतुले उक्त सामाग्री हस्तान्तरण गरिएको समाजसेवी मल्लले बताउनुभयो।
कैलाली जिल्लाको गोदावरी नगरपालिका स्थित वडा न.४ बुढितोलामा अवस्थित उक्त स्वास्थ्य शहरी केन्द्रलाई सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समिती सदस्य रविन्द्र रोकामगर,स्वास्थ्य केन्द्र इन्चार्ज धिरेन्द्र प्रसाद जोशी लगायत स्वास्थ्य केन्द्रका प्रतिनिधिहरुका साथै समाजका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *