संगठनको नीति विपरीत हिड्ने एकेन्द्र थापालाई प्रवासी नेपाली मंच युएइले गर्‍यो कारबाही

काठमाडौं ! संगठनको हित विपरीतका क्रियाकलापमा संलग्न रहेकोले प्रवासी नेपाली मंच युएइले त्यससग आवद्ध सदस्य एकेन्द्र बहादुर थापालाई संगठनको साधारण सदस्यपनि नरहनेगरि कारवाही गरेको छ। लामो समयदेखि युएइमा बसोबास गर्दै व्यवसाय संचालन गर्दै आएका थापा यसभन्दा अघि माओवादी निकट जनप्रगतिशिल मंचमा पनि आवद्ध थिए।

आफ्नो स्वार्थ अनुकुल राजनैतिक भ्रातृसंगठन परिवर्तन गर्न माहिर उनी केही बर्ष अघि एमाले निकट प्रवासी नेपाली मंचमा प्रवेश गरि त्यहाको रास्ट्रीय कमिटी सदस्यमा आवद्ध थिए। संगठनमा रहेका बेलापनि व्यवसायिक विवादमा तानिरहेका थापालाई मंचले गहिरो अध्ययन गर्दै आएको थियो। आफ्नो स्वार्थ अनुकुल हिड्न सिपालु उनी अहिले देशमा काङ्ग्रेसको सत्ता रहेको र आफ्नो व्यापार व्यवसाय अघि बढाउन सहज हुने हेतुले काङ्ग्रेस प्रवेश गरेको तथ्य पत्ता लागेकोले पनि संगठनले उनलाई साधारण सदस्यपनि नरहने गरि कारवाही गरेको मंचका अध्यक्ष महेश गिरीले सभ्यखबरलाई बताउनु भयो। मंचले थापालाई कारवाही गर्नुको कारण सहित अध्यक्ष महेश गिरीले जारी गरेको बिज्ञप्ति यस्तो छ।

बिज्ञप्ति

मिति २६/२/२०२२

प्रवासी नेपाली मंच युएई राष्ट्रिय कमिटी सदस्य एकेन्द्र थापा करिब ४ बर्ष अगाडि जनप्रगतिशील मंच युएईको जिम्मावार पद त्यागी हाम्रो संगठन प्रवासी नेपाली मंच युएईमा प्रवेश गर्नु भएको र अहिले हाम्रो संगठन बिरोधी गतिविधिमा संलग्न रहेको पाईएकोले उहाँलाई हाम्रो संगठनको साधारण सदस्यता समेत नरहने गरी आजीवन संगठित सदस्यताबाट निष्कासित गरिएको जानकारी गर्दछौं ।

अध्यक्ष
महेश गिरि
प्रबासी नेपाली मंच युएई                                                           

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *