पल शाहले प्रमाणसहित खुलाए आफूलाई फसाउने व्यक्तिहरु, दुर्गेश थापादेखि सरोज ओलीसम्म

काठमाडौं । बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोलेका छन् । उनले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन् ।

उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले एक टोली बनाएर समिक्षासहित फसाउने योजनानै बनाएको पाइएको छ ।

अडियोमा कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’

उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ । कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *