आफ्नो जन्मदिनमा अक्षयकोष खडा गरेर गरीब जेहेन्दार बिद्यार्थिलाई सहयोग

काठमाडौं ! सिन्धुपाल्चोक निवासी तर हाल युएइको फुजेरामा व्यवसाय संचालन गरिरहेका उत्तम थापाले आफ्नो जन्मदिनमा सिन्धुपाल्चोक स्थित एक बिद्यालयका गरीब जेहेन्दार बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन।

३ बर्ष अघि आफ्नो नाममा अक्षयकोष खडा गरेका उनले उक्त जम्मा रकमको आउने व्याजबाट बिद्यार्थिहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए । हरेक पौष २० गते पर्ने आफ्नो जन्मदिनको अवसर पारि इन्द्रावती स्थित एक बिद्यालयका बिद्यार्थिहरुलाई ब्याग लगायतका सामाग्रीहरु आफ्नो बुवा आमाको उपस्थितिमा आजपनि हस्तान्तरण गरिएको छ।

आफू युएइमै रहेको र आफ्नो नामबाट आफ्ना अभिभावक मार्फत उनले हस्तान्तरण गर्न लगाएका हुन। आज आफ्नो जन्मदिनको अवसरमा आफुले गरेको कार्यबारे उनको फेसबुक स्टाटस जस्ताको तस्तै:-   उत्तम थापा

अाज पाैष २०! अाजकै दिन यस सुन्दर धर्तिमा पाईला टेकेकाे दिन। सर्वप्रथम मेराे पुजनिय बुबा अामा प्रति प्रणाम गर्न चाहान्छु। मलाई यस सुन्दर धर्तिमा पाइला टेकाई ,हुर्काइ,बढाई अशल शिक्षा र सदमार्ग प्रदान गर्नु भएकोमा हजुरहरु प्रति सधैं ऋणि छु । विगत लामाे समय देखि विदेशी भूमिमा रहि अाफ्नाे देशको र परिवारकाे माया मनमा संगाल्दै गाउँ र समाजकाे सम्बृद्दिकाे कामना गरिरहेकाे छु।
अाफ्नाे जन्म दिनकाे अवसर पारेर विभिन्न हाेटल र रेष्टुरेन्टमा केक काट्ने र भाेज गर्ने पश्चिमा संस्कृति बाट अलग्गै रहि,अाफ्नाे जन्म दिनको शुभ अवसरमा केही पूण्य कार्य गराै भन्ने उदेश्य मनमा हमेशा भहिरहन्छ। विदेशी भुमिकाे ताताे घाममा पसिना चुहाउदै कमाएकाे रकमको खाजा खर्चको केही अंश छुट्याएर अाफ्नै गाउँ ठाउँको विध्यालयमा केही सहयोग गराै भन्ने उदेश्यका साथ प्रिय भाइ माधब अधिकारी (पूर्व शिक्षक श्री सरस्वती अा बि)तथा पुजनिय माता पिताको संगकाे सल्लाहमा अाफ्नै गाउँ अाफ्नै वडा र अाफैले ताते ताते गर्दै क खरा सिकेको श्री सरस्वती अाधारभुत बिध्यालय इन्द्रावती १० पाटिगाउं सिन्धुपाल्चोकमा बिगत तीन वर्ष देखि रु १०००००/-(एक लाख)काे काेष स्थापना गरेको छु।रु १०००००/-(एक लाख) काेषकाे रुपमा खातामा रहने र उक्त रकमको ब्याजबाट हरेक वर्ष कार्यक्रम हुनेछ । मेराे सानो सहयाेगले जेहेन्दार तथा विपन्न वर्गका बालबालिकाले अहिलेकाे २१साैं शताब्दिमा शिक्षाको नैसर्गिक अधिकार बाट बञ्चित हुन नपराेस र मेहेनति बिध्यार्थि भाईबहिनिहरुलाई अाफ्नाे पढाइमा लगनशील हुन उत्प्रेरणा मिलाेस भन्ने उदेश्यकाे साथ याे काेष स्थापना भएको हाे । बिगतकाे बर्षहरुमा काेराेनाकाे महामारीको कारणले बिध्यालयकाे पठनपाठन अवरुद्ध भएकोले बिध्यार्थि भाईबहिनिहरुलाई शैक्षिक सामाग्री प्रदान गर्न नसकेकोमा सम्पूर्ण विध्यार्थि भाईबहिनि , अभिभावक तथा विध्यालय परिवार प्रति क्षमा चाहान्छु।
स्थापित उक्त काेषकाे रकमबाट प्राप्त हुने ब्याज बाट हरेक बर्ष पाैष २० गते जन्म दिनको अवसरमा उक्त कार्यक्रमलाई निरन्तरता दिनु हुन विध्यालय परिवारलाई विनम्र अनुरोध गर्दछु ।
हरेक वर्ष गरिने कार्यक्रममा विध्यालयकाे सर्वाेत्कृष्ट विध्यार्थि- १, दलित तर्फबाट उत्कृष्ट -१ र जनजाति तर्फबाट उत्कृष्ट- १ जना लाई सहयाेग गरिनेछ। उक्त कार्यले विध्यार्थि भाईबहिनिहरुमा शिक्षामा लगनशील र प्रतिश्पर्धाकाे भावना हाेस भन्ने कामना गर्दछु।
याे वर्ष अर्थात अाज पाैष २० गते भएको कार्यक्रममा अघिल्लो वर्षमा काेराेनाकाे कारण कार्यक्रम गर्न नपाएको र हाल बिगत ३ वर्ष काे ब्याज जम्मा भएकोले पूर्व निर्धारित ३ जनामा अति विपन्न परिवारकाे १ जना र मेहनति जेहेन्दार बाट १ गरिएको छ।अागामि वर्ष बाट पूर्व निर्णय अनुसार नै सहयाेग हुनेछ।
याे बर्ष सहयोग स्वरुप शैक्षिक समाग्रि प्राप्त गर्ने भाईबहिनिहरु यसप्रकार छन:
सर्वाेत्कृष्ट तर्फबाट = सरस्वती तामाङ कक्षा -६
दलित तर्फबाट उत्कृष्ट =विराज विष्ट कक्षा=४
जनजाति तर्फबाट उत्कृष्ट =विनिता तामाङ कक्षा=८
अति निम्न वर्ग तर्फबाट =संगिता शाहि कक्षा =३
मेहेनति जहेन्दार तर्फबाट = सुरज तामाङ कक्षा=१
अाफ्नाे जन्म दिनकाे अवसरमा विध्यालय जस्तो पवित्र मन्दिरमा ती भविष्यका कर्णधार कलिला बाबुनानिहरुलाई सहयोग गर्न पाउँदा धेरै खुसि छु।
साथै अागामि दिनहरुमा मेरा सम्पूर्ण शुभेच्छुक,बुद्धिजीवी हरुकाे सल्लाह सुझावलाई समेत शिराेधार्य गर्दै अघि बढ्ने बिस्वास दिलाउन चाहान्छु।
अन्तमा विध्यालय परिवार विध्यार्थि भाइबहिनी तथा सम्पूर्ण मेरा प्रिय मन तथा शुभ चिन्तकहरुमा याे विदेशी भुमिबाट सम्झना तथा न्यानाे माया🙏🙏।

उत्तम थापा
ईन्द्रावती गाउँपालिका १०
हाल UAE                                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *