दुर्गा प्रसाईं,जो जनताका सेवक :दुबईमा भिजिट भिसामा गई अलपत्र पर्नेलाई गरे उद्वार

काठमाडौं ! व्यवसायी एवं नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको पहलमा  भिजिट भिसामा दुबई पुराई एक वर्षदेखि अलपत्र पारिएका ६ जना जीवित नेपाली र आत्महत्या गरी मृत्यु भएका १ नेपालीको शव नेपाल ल्याइएको छ ।

समाजमा आपत परेका जनताको उद्दार तथा राहतमा तत्काल जुट्ने यी समाजसेवी प्रसाईंको पहलमा अलपत्र ६ नेपालीको उद्धार भएको हो भने उहाँ कै सहजीकरणमा एक नेपालीको शव ल्याइएको हो । उद्धार गरिएका सबै नेपालीको खर्च प्रसाईँ आफैले व्यवस्थापन गर्नु भएको हो भने शवको खर्च सम्बन्धित परिवारले नै गरेको हो ।

आज एक कार्यक्रम गरी उद्धार गरिएका युवाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराइएको छ । उद्धार गरिएका युवा नवलपरासी दुबैलिया ९ का राजभर अङ्गदले आफूले एक वर्षदेखि दुबईमा खान र बस्न नपाएर अलपत्र परेको दर्द सुनाउनु भयो । एक वर्षदेखि दुबईका सडक र पार्कमा बसेर जीवन गुजार्नु परेको उहाँले बताउनु भयो । उनले आफूलाई दलालहरूले झुक्याएर भिजिट भिसामा दुबई पुराई अलपत्र पारेको बताउनु भयो । नेपाल फर्कने आस नै मरिसकेको थियो दुर्गा प्रसाईँ जस्तो देउता भेटेको कारण नेपाल फर्कन पाए उनले भने ।

उद्धार भएका शुनिलबहादुर राना, अञ्जन सेन, देवचन्द्र गुरुङले पनि दुबईमा पाएको दुःख सुनाउनु भयो । नेपाल फर्कन पाईएला भन्ने आश नै मारिसकेको बताउँदै उनीहरूले प्रसाईँले गर्नु भएको सहयोगको मुक्तकण्ठले प्रशंसा गरे । पुनर्मिलन कार्यक्रममा बोल्नु हुँदै समाजसेवी प्रसाईँले सरकारले अलपत्र नेपालीको उद्धारमा केही गर्न नसकिरहेको बताउनु भयो । मानवीय हिसाबले आफूले बिचल्लीमा परेका नेपाली युवाहरूको उद्धारको लागि पहल गरेको उहाँले बताउनु भयो ।

उहाँले यो पटक नेपाल ल्याइएमा पाँच युवाहरूको लागि आवश्यक आर्थिक व्यवस्थापन समेत गरिदिएको भए पनि आत्महत्या गरी मृत्यु हुनुभएका झापाका भुपेन्द्रको लागि भने आवश्यक पहल मात्र गरेको बताउनु भयो । मृतक भुपेन्द्रको परिवार आर्थिक रुपमा सक्षम भए पनि केही उल्झनका कारण शव ल्याउन असमर्थ भएकोमा आफूले सहजीकरण मात्र गरिदिएको उहाँले बताउनु भयो ।

समाजसेवी एवं नेता प्रसाईँले यस अघि पनि आफ्नै खर्चमा दर्जनौँ बेवारिसे शव र अलपत्र नेपालीलाई नेपाल ल्याइसक्नु भएको छ भने उहाँकै पहलमा दुबईमा दुर्घटनामा परी घाइते भई अलपत्र परेकी चोलीको समेत उद्धार गरी उपचार गरिरहनु भएको छ । यस्ता थुप्रै सामाजिक कामहरुमा आफुलाई अग्रपंक्तिमा उभ्याएर उहाँले जनताको मन जित्न सफल हुनुभएको हो। नेता एवं समाजसेवी प्रसाईंं यो पटक नेकपा एमालेको तर्फबाट झापाबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने सोचपनि राख्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *