सांसद दामोदर भण्डारीद्धारा भुमेश्वर स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन

धनगढी ! बैतडीको पाटन नगरपालिका ४ मा रहेको भुमेश्वर स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । संघिय सांसद दामोदर भण्डारीले आज एक कार्यक्रमकाबीच उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त भवन १ करोड ९० लाख लागतमा निर्माण गरिएको हो ।  गत बर्षबाट स्वास्थ्य चौकीले उक्त भवनबाट सेवा दिन सुरु गरेको थियो ।
निर्माण व्यावसायी एवं समाजसेवी स्वर्गिय सुरेन्द्र सिंह महराकी धर्मपत्नी विद्या देवि महराले श्रीमानको पुण्यतिथिका अवसरमा स्वास्थ्य चौकीको भवन निर्माणका लागि ५ रोपनी जमिन दान गर्नु भएको थियो । आज उहालाई पनि सम्मान गरिएको छ ।
वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टको सभाध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद एवं पुर्व अर्थराज्य मन्त्री  दामोदर भण्डारी रहनु भएको थियो । बिशिष्ट अतिथिमा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, भुमेश्वर स्वास्थ्य चौकीको भवन निर्माण गर्न जग्गा दान गर्नुहुने जग्गादाता बिद्यादेवी महरा लगायतका बिभिन्न कार्यालय तथा संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *