गर्भवती महिलाको हवाई उद्धार

काठमाडौं  बाजुराकी दुइ गर्भवती महिलाको एकै दिन हवाई उद्धार भएको हो। ४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले वताएका छन्।

जेनी राइलाई नेपाली सेनाको हेलिकप्टर मार्फत अछामको साफेँबगरबाट उद्धार गरिएको हो। भने मनुको कोल्टीबाट समिट एयरको जहाज बाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । दुबै जनालाई नेपाली सेनाको हेलिकप्टरले सँगै उद्धार गर्न खोजेपनि खराब मौसमले हेलिकप्टर कोल्टि जान सकेको थिएन्।

दुई दिन सम्म अस्पताल बाजुरामा जेनी हेलिकप्टरको पर्खाइमा राखेपनि खराब मौसमले हेलिकप्टर आउन नसकेपछि बुधवार बिहान एम्बुलेन्स बाट पठाईएको थियो । बुधवार दिउसो सेनाको हेलिकप्टर आएपछि जेनीलाई एम्बुलेन्स बाट लिदै गर्दा अछामको साँफे बाट उद्धार गरिएको हो। सुत्केरी हुन नसकेकी महिलाको उद्धारका लागि मंगलवार बाजुरा आउन लागेको हेलिकप्टर बिच बाटोमै अड्कीएको थियो । गर्भवती महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *