गोदावरी धाममा सरसफाई

अत्तरिया – कैलालीको गोदावरी धाममा सरसफाई गरिएको छ । बैतडी, दार्चुला सांस्कृतिक सम्वर्दन समितिले ‘कला, संस्कृति, रितिरिवाज जगेर्ना हाम्रो अभियान, स्वच्छ एवम् सुन्दर गोदावरी धाम हाम्रो पहिचान’ भन्ने नाराका साथ आफ्नो नवौं साधारण सभाको अवसरमा गोदावरी धाममा सरसफाई गरेको हो ।

समितिले हिजो (बुधबार) साधारण सभाको पुर्व सन्ध्यामा सरसफाई गरेको समितिका अध्यक्ष नैन सिंह कार्कीले जानकारी दिए ।
साधारण सभाको अवसरमा जताजतै फालिएको फोहोरले कुरुप बनेको र यसले नगरपालिकालाई पनि सहयोग हुने भएकाले गोदावरीको सरसफाई गरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *