विनोद थापाद्रारा जन्मदिनमा एक लाखको अक्षयकोष स्थापना गरि सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक ! सिन्धुपाल्चोक इंद्रावती गाउँपालिका वडा नं ११ को श्री परोपकार आधारभुत बिद्यालयमा आफुले अध्ययन अध्यापन सुरू गरेको बिद्यालयलाई विनोद थापा( राजिव) ले अक्षयकोष मार्फत सहयोग हस्तान्तरण गरेका छन् ।

बिद्यार्थिको शैक्षिक उन्नतिमा टेवा पूग्ने हेतुले जेहेन्दार तथा अति विपन्न बिद्यार्थिहरुका लागि हरेक वर्ष आजकै दिन रू १,००००० (एकलाख) बाट प्राप्त ब्याजबाट जेहेन्दार बिद्यार्थिलाई हरेक वर्ष शैक्षिक सामाग्री प्रधान गरिने पनि बताएका छन् ।

उक्त कार्यक्रममा आसन्न बैशाख ३० गते स्थानिय निर्वाचनबाट निर्वाचित इंद्रावती- ११ का वडा अध्यक्ष रामजी माझीको प्रमुख आतिथ्यतामा उक्त अक्षयकोषको सुरुवात गरिएको हो।

उक्त कार्यक्रममा विशेष अतिथी बि.बि.स का अध्यक्ष शरण प्रसाद न्योपानेले बिद्यालय
स्थापना भएको ३२ वर्षमा नयाँ कामको सुरूवात हुँदा आफु धेरै खुसी भएको विचार व्यक्त गर्नुभयो।

अतिथी तथा बिद्यालय प्रशासक बिदुर नेपालले आफुले अध्यापन गराएको पूर्व बिद्यार्थि विनोद थापा(राजिव) जस्ता अरू पाँच दश जना जम्मिनु पर्छ, जसका कारण यस परोकार आधारभुत बिद्यालयको भविष्य छिटै उन्नति प्रगति हुने भन्दै आफु यस कार्यले अति नै हर्षित भएको बताउनु भयो।

अतिथीको रूपमा महिला प्रतिनिधी लाल कुमारी अधिकारीले जन्म दिनको शुभकामनाका साथै आफ्नो ठाउँमा यस्ता मनकारी भाव भएका व्यक्तित्व भएकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रमको अतिथिकै रुपमा रहनु भएका समाजसेवी उत्तम थापाले स्वदेश विदेश जहाँ रहे पनि आफ्नो गाउँ-ठाउँलाई हाम्रै पालामा समृद्ध बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो। आगामी दिनमा इंद्रावती ११ का सबै बिद्यालय लगायत अन्य क्षेत्रमा पनि यस्तै पवित्र कामहरु होस् भनी शुभेच्छा व्यक्त गर्नुभयो।                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *