टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा पर्‍यो १० वटा रिट

काठमाडौं ! नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा १० वटा छुट्टा छुट्टै रिट दर्ता भएका छन्। तिहार विदापछि आज अदालत खुलेपछि सर्वोच्चमा १० वटा रिट दर्ता भएका हुन् ।

१० वटै रिट आज दर्ता भएका हुन् । सबैजसो रिटमा टिकटक माथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गरिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको,  र निर्णय गर्दा कुनै कानूनी आधार नटेकेकोले सरकारको निर्णय खारेज गर्नको लागि अन्तरिम आदेशको माग गरिएको छ।

मङ्सिर २ गते शनिवार भएको, र मङ्सिर ३ गते छठ पर्वको सार्वजनिक विदा परेकोले यी रिट माथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाई हुने छ । कार्तिक २७ मा बसेको मन्त्रिपरिषदको बैठकले  टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।