सरकारको टिकटक बन्द गर्ने निर्णय : आंशिक स्वागत,बढी आलोचना

काठमाडौं ! सरकारले गरेको टिकटक बन्द गर्ने निर्णयको आंशिक समर्थन भएको देखिएको छ भने बढि आलोचना भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेकोमा प्रयोगकर्ताले सरकारको बढी आलोचना गरेका हुन् ।

सरकारले आफूमाथि आलोचना गर्ने माध्यमका रुपमा टिकटक प्रयोग हुन थालेपछि यसलाई बन्द गर्ने निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । सामाजिक सञ्जाल ‘प्लेटफर्म’को नियमन गर्नुपर्नेमा प्लेटफर्म नै बन्द गर्नु बुद्धिमानीपूर्ण निर्णय नभएको अधिकांशको तर्क छ ।

कतिपयले टिकटकमा अपलोड हुने कन्टेनहरु असामजिक र अमर्यादित हुने गरेको भएपनि केही प्रयोगकर्ताबाट प्रयोग त्रुटीलाई देखाएर सिङ्गो माध्यममाथि प्रतिबन्ध लगाउन नहुने तर्क गरेका छन्।