काठमाडौ ! रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन भएको छ । वैदेशिक रोजगार विभागले बिहिबार एक सूचना जारी गर्दै उक्त २ देशकालागि स्वीकृति स्थगन गरिएको जनाएको हो ।
रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको उल्लेख गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि स्वीकृति स्थगन गरेको विभागले जनाएको छ ।
विभागका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्युनीकरण गर्न स्विकृती स्थगन गरिएको हो ।