पुर्वमन्त्री नारदमुनी रानालाई मातृशोक

कैलाली ! पूर्वमन्त्री एवं कैलाली-५ बाट प्रतिनिधिसभा सदस्य नारदमुनी रानालाई मातृशोक परेको छ ।
नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पार्टिको कैलाली जिल्ला इन्चार्ज समेत रहनुभएका रानाकी ममतामयी आमा सुदामादेवी रानाको ८५ वर्षको उमेरमा निधन भएको हो ।

सुदामादेवी रानाको आज शुक्रबार दिउँसो सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो। उहाँ केहिदिन अघि बिरामी परी अस्पताल भर्ना हुनुभएको र कोभिड परिक्षणका क्रममा पोजेटिभ पनि देखिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *