नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन एमाले महासचिव पोखरेलको चीनलाई आग्रह

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।
भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी ‘चुच्चे’ नक्शा जारी गरेको  जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गर्नुभएको छ ।
महासचिव पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छोटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गर्नुभयो ।
सो अवसरमा सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने वताउनुभयो । उहाँले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने भनाइ राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *