देश बनाउन युवामा स्वदेशमै काम गर्ने चेतना र मनोभावनाको विकास हुनुपर्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउनका लागि काम गर्ने युवा जनशक्ति विदेश जानबाट रोक्न सक्नुपर्ने वताउनुभएको छ ।
महासचिव पोखरेलले देश बनेन भनेर चिन्ता गरेर मात्र नहुने वताउँदै  युवा जनशक्ति विदेश जाने बढ्दो क्रमलाई रोक्नुपर्ने वताउनुभयो ।
बुधबार मानव अधिकार एलाइन्सको नागरिक–राजनीतिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो– नेपालमा बर्सेनि पाँचलाख मानिस श्रम बजारमा आउँछन् तर विदेश जाने सङ्ख्या नौलाख छ, यो स्थितिलाई रोक्न नसक्ने हो भने देश बन्दैन ।
काम गर्ने उमेर समूहका युवालाई देशभित्रै काममा लगाउनु जरूरी रहेको वताउँदै महासचिव पोखरेलले काम गर्ने मान्छे जति विदेश पठाएर देशको रूपान्तरण सम्भव छैन भन्नुभयो ।
उहाँले भन्नुभयो– स्वदेशमा रोजगारीका लागि साधन स्रोतको सीमितता हुनसक्छ तर हामीले युवालाई देश बनाउन स्वदेशमै रहेर काम गर्नुपर्छ भन्ने चेतना र मनोभावनाको विकास गर्न सक्नुपर्छ ।
‘जब हामीले नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती हुन दियौं, त्यसबाट लाहुरे संस्कृतिको विकास भयो र समाजले त्यसलाई गौरवको विषय ठान्यो । बाहिर जाने कुरा सम्मानको विषय बन्न पुग्यो ।’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– यो देश निर्माणका सन्दर्भमा उचित कुरा होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *