सरकालाई सर्वोच्चको धक्का : स्काउट संयोजक भण्डारीलाई काम कारबाही गर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिमा नयाँ पदाधिकारी नियुक्ति गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आज मंगलबार भएको सुनुवाइबाट संयोजक लोक बहादुर भण्डारी नेतृत्वको तदर्थ समितिले अन्तिम फैसला नभएसम्म कामकाज गर्न पाउने बाटो खुलेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लोकबहादुर भण्डारीलाई हटाएर रविन दाहाललाई राष्ट्रिय संयोजक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
यसअघि भण्डारीले अन्तरकालीन अन्तरिम आदेशमार्फत काम सुरू गरिसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *