यसरी मनायो नेपाल स्काउटले आफ्नो ७१ औं स्थापना दिवस

काठमाडाैं : नेपाल स्काउटले आईतवार ७१ औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ। स्काउटले राष्ट्रिय कार्यालयमा आफ्नो ७१ औँ स्थापना दिवस मनाएको हो।

स्थापना दिवस कार्यक्रममा बोल्दै स्काउटका केन्द्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट अब प्रत्येक विद्यालयमा पुर्‍याउने बताए।

उनले स्काउटमा विभिन्न फोरमहरुमा स्काउट लिडरको उल्लेखनीय सहभागिता रहँदै आएको बताए। संयोजक भण्डारीले स्काउट नयाँ ढङ्गले प्रत्येक विद्यालय, पालिकामा सक्रिय बनाउने योजना रहेको जानकारी दिए। उनले स्काउट स्वयंसेवी रुपमा प्रत्येक घरघरमा पुग्ने बताए।

अब एक घर एक स्काउट अभियानलाई कार्यान्वयनमा लाने उनकाे भनाई छ। स्काउटको अबको अभियान भनेको प्रत्येक घरका एक जना बालबालिकालाई एक दिन अनिवार्य स्काउटको शिक्षा दिने बताउँदै स्काउटको मुलुकभर रहेका सम्पतिको संरक्षण गर्नु प्रमुख दायित्व भएको भण्डारीले जानकारी दिए।

स्थापना दिवसको अवसरमा नेपाल स्काउटले स्काउटको विकास र विस्तारमा अतुलनीय योगदान गरेको भन्दै चन्दन कौशिकलाई नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैँडा प्रदान गरेको छ।

यस्तै कार्यक्रममा स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरुलाई विभिन्न सम्मान र पदवी वितरण गरेको छ। नेपाल स्काउटले देशभर ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *