पुर्वप्रधानमन्त्री ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” बाट सम्मानित

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेपाल स्काउटका तात्कालिन संरक्षक केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गर्नुभएको छ ।

आज समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा, पुर्वप्रधानमन्त्री ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याउनु भएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको जानकारी नेपाल स्काउटका रास्ट्रीय संयोजक लोक बहादुर भण्डारीले आफ्नो फेसबुक स्टाटस मार्फत जानकारी दिनुभएको छ।

पुर्वप्रधानमन्त्री ओली “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली हनुहुन्छ भने यस बर्ष यो पदक उहाँलाई मात्र प्रदान गरिएको छ ।                                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *