भारत सरकारको सहयोगमा मोरङका दुई पालिकामा निर्मित विद्यालय भवनको हस्तान्तरण

काठमाडौं ! भारत सरकारको सहयोगमा निर्मित केराबारी गाउँपालिका र  सुनवर्षी नगरपालिकामा अवस्थित मच्छिन्द्र माद्यामिक विद्यालय र जनता माद्यामिक विद्यालय सुनवर्षीको भवन औपचारिक रुपमा हस्तान्तरण तथा उद्घाटन सम्पन्न भएको छ।

बुधवार नेपालको लागि भारतिय राजदूत नवीन श्रीवास्तव ,जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ र सुनवर्षी नगरपालिकाका प्रमुख श्याम प्रसाद राजवंशीद्वारा संयुक्त रुपमा उक्त भवनहरुको उद्घाटन गरेका छन् । उक्त सुनवर्षी ४ स्थित जनता माद्यामिक विद्यालयमा सम्पन्न भएको थियो। उक्त अवसरमा स्थानीय जनताको पनि उल्लेख उपस्थिति थियो।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *