दोधारा चाँदनी नगरपालिकाका बिद्यालयमा मेयर लिम्बूले गरे अन्तरक्रिया : समस्याहरुको सम्बोधन गर्ने प्रतिबद्धता

कंचनपुर ! दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बूले बालबालिकाहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ जनज्योति माद्यामिक बिद्यालयका समस्या आवस्यकता र चुनौतीहरुका बिषयमा शिक्षक तथा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् ।

देशभरका सरकारी बिद्यालयहरुमा शैक्षिक गुणस्तरको प्रश्नहरु उब्जिरहेको समयमा दोधारा चाँदनी नगरपालिकाले यस किसिमको अन्तरक्रिया गर्नुले नगरपालिकाका सरकारी शैक्षिक क्षेत्रलाई सकारात्मक उर्जा थपिएको जनाइएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले बिद्यालयमा रहेका बिध्यमान समस्याहरुका बारेमा नगरप्रमुख मेयरलाई अवगत गराएका थिए। त्यसपछि बोल्दै नगरप्रमुख लिम्बूले आफ्नो नगरपालिका भित्रका सरकारी बिद्यालयहरुको शैक्षिकस्तर उकास्न कुनै किसिमको कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । उनले बिद्यालयमा बिध्यमान समस्या,आवस्यकता र चुनौतीहरुको सम्बोधन गर्नलाई नै आफुले यस किसिमको अन्तरक्रिया कार्यक्रम राखेको उल्लेख गरेका थिए।                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *