नयाँ शैक्षिकसत्रमा कक्षा १–१२ सम्मका पुस्तक पुरानै मूल्यमा पाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तकको मूल्य पुरानै कायम गरेको छ ।

नयाँ शैक्षिकसत्र २०७९ को तयारी भइरहेका बेला पाठ्यक्रम विकास केन्द्रले शैक्षिकसत्र २०७७ को मूल्य यथावत् राखी पुस्तकको मूल्य निर्धारण गर्न निर्देशन दिएको हो ।

केन्द्रले एक सूचना जारी गर्दै कक्षा–१ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा–१० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धार समेत)को पुस्तकको मूल्य विवरणअनुसार गर्न/गराउन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *