माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

काठमाडौ ! सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो ।

उहाँका अनुसार भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *