गोरखापत्रका १२ जना पत्रकारको नियुक्ति खारेज गर्न सतर्कता केन्द्रको निर्देशन

काठमाडौं ! गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले नियमविपरीत नियुक्ति दिएको भन्दै केन्द्रले १२ जनाको नियुक्ति खारेज गर्न निर्देशन दिएको हो ।

साउन ४ गते केन्द्रले काटेको पत्रमा गोरखापत्र कर्मचारी सेवा ऐन २०५२ को विनियम ४१ बमोजिम नदिखिएको उल्लेख छ । केन्द्रले संस्थानमा करारमा कार्यरत दिनेश लुइँटेल, विनोद नेउपाने, सूर्यप्रसाद पाण्डे, अशोक अधिकारी, मित्रलाल भण्डारी, लोकबहादुर कटुवाल, श्रीजना खत्री, गोविन्द रेग्मी, सनम महर्जन, रविराज बराल, युवराज खतिवडा र ध्रुवकुमार सिंहको नियुक्त खारेज गर्न निर्देशन दिएको छ ।

न्यूनतम् प्रक्रिया पनि पूरा नगरी ठाडो तोक आदेशको आधारमा उनीहरूलाई नियुक्त गरिएको भन्दै २०७८ कार्तिक ३० गते केन्द्रमा उजुरी परेको थियो।

साथै कार्यकारी अध्यक्ष सुवेदीसहित नियुक्ति दिने प्रकृयामा संलग्न गोरखापत्र संस्थानका कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललाई भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही गर्न पनि पत्रमा निर्देशन दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *