काठमाडौँ ! एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध बोलिरहेका सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका छन्।
सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।
रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको सिंहले जानकारी दिए।