आजदेखि कामु प्रधानन्यायाधीशको रूपमा विश्वम्भरप्रसाद श्रेष्ठ

काठमाडौं ! कामु प्रधानन्यायाधीशको रूपमा विश्वम्भरप्रसाद श्रेष्ठले आइतबारबाट न्यायपालिकाको नेतृत्व गर्दैछन्। यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन्।

गत बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियाे। अब उनी २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्।

संवैधानिक परिषद्‌ले गरेको ढिलाइका कारण उनले केही समय कामु प्रधानन्यायाधीशको रूपमा न्यायपालिकाको नेतृत्व सम्हाल्नुपरेकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *