कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं ! कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा आज बिहीवार पनि सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधवार सुनुवाइ हुँदाहँुदै नसकिएपछि बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमवार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *