कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुँदै

काठमाडौं ! कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ आज बुधवार पनि हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलवार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि आज बुधवारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *