कोशी प्रदेश सरकार गठन विरुद्धको रिट भोलि पनि सुनुवाइ हुने

काठमाडौं ! कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासमा आज मंगलवारदेखि शुरू भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलवार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधवारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमवार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *