ललिता निवास प्रकरण: सर्वोच्चले माग्यो ३ जनालाई पक्राउ गर्नुको कारण

काठमाडौं ! ललिता निवासको जग्गा हिनामिना प्रकरणमा परेको बन्दी प्रत्यषीकरणको रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । यही असार १३ गते पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम प्रहरीले विना कारण पक्राउ गरेकाले रिहा गरी पाउँ भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।

‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो?’, उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वाेच्चले भनेको छ, ‘आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक २४ घण्टाभित्र कागज प्रमाणहरूसहित महान्यायाधिक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नू।’

यही असार १२ गते प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । १३ गते अदालतमा पेश गरिएकामा काठमाडौँ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यही दिन नै उनीहरु बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *