नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा पर्यो रिट

काठमाडौं ! नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले सर्वोच्चमा रिट पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

प्रमाणीकरण नै अवैधानिक भएकोले त्यसलाई अहिले लागू नगर्नू/नगराउन आदेश माग गर्दै रिट लिएर आफूहरू सर्वोच्च पुगेको भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *