सरकारलाई झड्का : अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं ! अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अयोग्य लडाकुका नाममा पैसा बाँड्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जारी गरेको हो ।

अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनवाइ पछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेश दिने विषयमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *