सर्वोच्चले गर्‍यो जनयुद्ध दिवसमा बिदा दिने निर्णयविरुद्धको रिट दर्ता

काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । यसअघि सर्वोच्चका  रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपिठ गरेकामा निवेदकहरु अर्को रिट बोकेर सर्वोच्च पुगेकामा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले दर्ता गर्न आदेश दिएको हो ।

सरकारले निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *