प्रचण्ड सरकारलाई झट्का : ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं ! ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिएका हुन्।

सर्वोच्चका प्रवक्ता बिमल पौडेलले ‘जनयुद्ध दिवस’ बारे रिट आएको र यसमा अध्ययन भइरहेको सेतोपाटीलाई जानकारी दिए।

‘रिट आएको छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने।

सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो।

मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *