चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग निष्क्रिय : जबरा सर्वोच्च फर्किने तयारीमा

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ ।

संसद सचिवालयका सहसचिव डा.रोजनाथ पाण्डेले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र उपलब्ध गराएको पुष्टि गरे ।

पाण्डेले अन्नपूर्णसँग भने, ‘निष्क्रिय भएको पत्र चोलेन्द्र शमशेर जबरलाई उपलब्ध गरायौं । अब महाभियोग निष्प्रभावी भयो ।’जबराले संसद सचिवालयमा निवेदन दिएका थिए ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले महाभियोग प्रस्ताव संसद्मा दर्ता गरेका थिए। फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्तावलाई फागुन २९ गते संसद्‌मा प्रस्तुत गरिएको थियो।

जबरामाथि भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षम/असफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत आरोप छन्। यस्तै, पेसी सूची (कजलिस्ट)मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लागेको छ।

जबरा उमेरहदकका कारण यही मंसिर २७ गतेबाट सर्वोच्च अदालतबाट अवकास पाउँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *