सर्वोच्चले भन्यो राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासलले हिजो आइतबार उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “निर्वाचन आयोगले २०७९/५/८ गतेको तिर निर्वाचन चिह्न प्रदान र्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *